काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ५७ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने ३५ दशमलव ३७ अंकले ओरालो लागेर २१ सय ५० दशमलव ९९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७६ अंकले ओरालो लागेर चार सय दुई दशमलव ७५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८० वटा कम्पनीहरुको ८२ हजार तीन सय ५९ पटक सेयर किनबेच भएको छ । जसअन्तर्गत एक करोड ३३ लाख ४२ हजार नौं सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ रुपैंयाँ बराबरको सेयर कारोबार भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये जीवन बीमा समुहको सुुचक तीन सय चार दशमलव ९२ अंकले बढेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त, होटल तथा फाईनान्स सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।