काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाको सचिवालयका अनुसार भेटघाटका क्रममा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको बताइएको छ ।