काठमाडौं । नागरिक लगानी कोषले वार्षिक साधारणसभा आह्वान गरेको छ । कोषले यही असार ३१ गते १८ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुने साधारणसभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।