काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार तीन जिल्ला रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। शुक्रबार तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।
उदयपुर, सिन्धुली, सर्लाही, तनहुँ, गुल्मी, अर्घाखाँची, इलाम, झापा, मोरङ, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, प्युठान, दाङ, र आसपास भइ बहने केही स(साना नदीहरूमा बहाब बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, बाँके भई बहने केही स(साना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ। आकस्मिक बाढीको सम्भावना रहेका नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।