ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वगृहसचिव नारायणगोपाल मलेगो पनि प्रहरीको छानबिनमा तानिएका छन् । उक्त प्रकरणमा उनको भूमीका देखिएपछि अनुसन्धानमा तानिएका छन् । मलेगोसहित पूर्व र वहालवाला गरी १७८ कर्मचारी सिआइबीको छानबिनमा रहेका छन् ।
बालुवाटरस्थित एक सय ४३ रोपनी जग्गा हिनामिनाको गरेको फाइल फेरि अनुसन्धानको क्रममा रहेको छ । मलेगोसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएको थियो ।
तर,पर्याप्त प्रमाण नभएको भन्दै अख्तियारले उनी बिरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । सिआइबीको निर्देशक एआइजी किरण बज्राचायले यो मुद्दामा धेरै कर्मचारीको संलग्नता रहेको र कसको कस्तो संलग्नता भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताएकी छन् ।