काठमाडौं,बैशाख १०
काठमाडौंमा २ जना नर्समा र्यापिड डाइग्नोस्टिक टेष्ट आरडिटी गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएको छ। सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालमा रहेका २ नर्समा मंगलबार आरडिटी गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
आरडीटी परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि नीजहरुको थप परिक्षणको लागि नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ।
आरडिटीका कोरोना पोजेटिभ देखिएका २ नर्सलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जनाइएको।उता परासिमा थप १ जना ७८बर्सिय पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको जानकारी प्राप्त भएको छ।