काठमाडौं । भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।
दाहालले समाजवादी मोर्चा घोषणाको बेलामा पनि अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए।
समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्न पहल सुरू गरिसकेको दाहालले बताए। ‘कमरेड नारायणविलास जोशीप्रति श्रद्धा र सम्मान प्रकट गर्दैगर्दा हामीले एक पटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अघि बढ्ने उद्देश्य राख्नुपर्छ,’ उनले भने।