काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर, काठमाडौंबीच सम्झौता भएको छ । सहकार्य गर्ने सम्बन्धमा शुक्रबार एक अर्काले आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेका सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता गरेका हुन् । सम्झौतामा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेन्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौताअनुसार सनराइज क्यापिटलले समाज समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकलार्ई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आवको डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्री लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्कमा २० प्रतिशत छुट, निःशुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तीय साक्षरता कार्यक्रमको व्यवस्थासमेतका सुविधा उपलब्ध गराउने छ । यसैगरी समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी ग्राहकलाई निःशुल्क विशेषज्ञ परामर्श, दाँत तथा मुखको परीक्षणजस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट उपलब्ध गराउने छ ।