काठमाडौं । विवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘फरेस्ट ग्रिन’ रंगमा नयाँ गाडी बजारमा ल्याएको छ । केवल १०० युनिट मात्रै उपलब्ध हुने गरी नेपालमा विवाईडी अट्टो थ्री संस्करण सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसको मूल्य ६६ लाख ८८ हजार रुपैयाँ तोकिएको छ । १०० किलोवाट मोटर र बलियो ६० दशमलव ४८ किलोहर्ज ब्याट्री प्याकसहित सुपरियर ट्रिममा मात्रै यो उपलब्ध रहेको कम्पनीले जनाएको छ ।