सञ्चालनमा रहेका १५ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा करिब एक खर्ब २५ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म एक खर्ब २४ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरूले कुल आठ लाख ४५ हजार तीन सय २० बीमालेख जारी गरेर उक्त परिमाणमा बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ११ सय सय ४५ वटा बीमालेख जारी गरी सात अर्ब ८६ करोड ६४ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले भने ५१ हजार नौ सय ४७ वटा बीमालेख जारी गरी १४ अर्ब सात करोड चार लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले २५ हजार चार सय ९५ वटा बीमालेख जारी गरी ३२ अर्ब ३६ करोड ६१ लाख पाँच हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले पाँच हजार आठ सय ४० वटा बीमालेख जारी गरी १५ अर्ब ४८ करोड ५१ लाख ५० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीले यो अवधिमा पाँच लाख ४१ हजार आठ सय दुईवटा बीमालेख जारी गरी कुल चार अर्ब ७७ करोड ३९ लाख छ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १३ हजार छ सयवटा बीमालेख जारी गरी छ अर्ब ११ करोड १५ लाख रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार नौ सय सातवटा बीमालेख जारी गरी तीन अर्ब ५६ करोड १६ लाख ९९ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्सले ११ महिनामा १८ हजार चार सय ५९ वटा बीमालेख जारी गरी कुल तीन अर्ब २४ करोड ३० लाख २६ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ हजार आठ सय ८० वटा बीमालेख जारी गरी तीन अर्ब २८ करोड ९२ लाख ९२ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सिटिजन लाइफले पनि ६४ हजार तीन सय ४४ वटा बीमालेख बिक्री गरी चार अर्ब ८३ करोड ९४ लाख ३९ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा तीन हजार पाँच सय आठवटा बीमालेख बिक्री गरी कुल एक अर्ब ८४ करोड १२ लाख ५८ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म महालक्ष्मी लाइफले १४ सय नौवटा बीमालेख जारी गरी एक अर्ब ४२ करोड ८७ लाख ७१ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २९ हजार पाँच सय ७५ वटा बीमालेख जारी गरी कुल चार अर्ब ७९ करोड ४३ लाख ७५ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सानिमा लाइफले चालू ११ महिनामा ४६ हजार एक सय ४८ वटा बीमालेख जारी गरी कुल चार अर्ब ८६ करोड ३९ लाख ५७ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफले २३ सय तीनवटा बीमालेख जारी गरी १३ अर्ब १२ करोड ९४ लाख ११ हजार रुपैयाँँ बीमाशुल्क आर्जन गरेको छ ।