काठमाडौं । आर्थिक दैनिकका विराटनगर संवाददाता शंकर लुईटेललाई पितृशोक परेको छ । लुईटेलका पिता छत्रपति लुईटेलको ७८ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका झोराहाट निवासी स्वर्गीय लुईटेल लामो समयदेखि पिसापथैलीसम्बन्धी समस्याले ग्रसित थिए । स्व.लुईटेलका तीन छोरा र तीन छोरी छन् ।