अमेरिका । ट्विटरले तथ्यांक प्रेषण (डेटा स्क्रैपिङ) र प्रणाली हेरफेरको चरम स्तरलाई निरुत्साहित गर्न पढ्नसक्ने ट्विटको सीमा तोक्ने भएको छ । ट्विटरका कार्यकारी अध्यक्ष एलोन मस्कले शनिबार यस्तो घोषणा गरेका हुन् । मस्कका अनुसार प्रमाणित खातामा एक दिनमा छ हजार पोस्टहरू पढ्न सीमित गरिएको छ । अप्रमाणित खाताहरू प्रतिदिन छ सय पोस्टमा सीमित हुने र नयाँ अप्रमाणित खाताहरू तीन सयमा सीमित हुने घोषणा गरेका छन् ।
मस्कले थप विवरणहरू नदिई छुट्टै पोस्टमा भनेका छन्, ‘अस्थायी पठन सीमापछि प्रमाणित प्रयोगकर्ताहरूको लागि प्रतिदिन १० हजार पोस्टहरू, अप्रमाणितहरूको लागि प्रतिदिन एक हजार पोस्ट र नयाँ अप्रमाणित प्रयोगकर्ताहरूको लागि प्रतिदिन पाँच सय पोस्टहरू बढाइएको थियो ।’