काठमाडौं,बैशाख ११
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले सात सय ४६ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको आठ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या सात मात्र रहेको छ ।
राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ६२ पुुगेको छ । सोहीअनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ८९ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ फागुुन मसान्तसम्ममा कुुल एक सय ८७ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । यसमध्ये एक सय ४२ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४५ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार छ सय ४० वटा पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार दुुई सय १९ वटा, विकास बैंकहरुको एक हजार दुई सय १३ वटा, फाइनान्स कम्पनीहरुको दुुई सय ३९ र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार नौ सय ६९ वटा शाखाहरु सञ्चालनमा रहेकाछन । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा प्रदेश नम्बर १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्बर २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्वर पाँचमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सदुुर पश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८६ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।