काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिग मार्टले अतिरिक्त छुटको अफर ल्याएको छ । १४ औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
छुट अफरअन्तर्गत ग्राहकले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय ५० रुपैंयाँसम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् । यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ बताइएको छ । छुट अवधिभर हरेक ग्राहकले पाँच सय रुपैंयाँसम्म छुट लिन सक्ने छन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाबाट यो सुविधा लिन सक्नेछन् । अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मोबाइल बैंकिङ, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास, पेवेल, यानक्यासका साथै विभिन्न सहकारीको एपमार्फत पनि भुक्तानी गर्न सक्ने भएका छन् ।