काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित होटल ठमेल हाउस प्रालिबीच ग्राहकलाई सुविधा दिनेसम्बन्धी सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले होटल ठमेल हाउसमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै उनीहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न पनि सकिने बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।