काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दुई दिन लगातार ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १२ दशमलव ७३ अंकले उकालो लागेर दुई हजार ८८ दशमलव ७० बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव २८ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ६२ बिन्दुमा कायम रहन सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८२ वटा कम्पनीहरुको ४६ हजार सात सय ३१ पटकको कारोबारमा ६४ लाख ५० हजार नौं सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।