काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै दिएको एक अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक(पटक भारत गएको अभिव्यक्ति दिएका थिए ।
यस्ताखालका अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध र यसले संसदको मानमर्दन गरेको भन्दै विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो।
संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक १ः३० बजे बोलाइएको सुवास नेम्वाङले जानकारी दिएका छन । प्रधानमन्त्रीको अभिव्यक्तिको सडक र संसदमा पनि विरोध गर्ने एमालेका महेश बर्तौलाले बताए। नैतिकताका आधारमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने पनि बर्ताौलाले बताए।