काठमाडौं। प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।

आठ वर्षअघि प्रमुख बस्नेत सहसचिव भएका थिए । मन्त्रालयले हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो ।