काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ३९ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार ४९ दशमलव ४४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८९ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ७४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७७ वटा कम्पनीहरुको ५३ हजार एक सय तीन पटक सेयर किनबेच भएको छ । जसबाट ८० लाख ९२ हजार नौं सय ६९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर सेयर बजार पुरै रातो देखिएको छ ।