काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । कांग्रेसको जिल्ला कार्यसमितिका सभापतिहरु सो भेलामा सहभागी भएका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापतिहरुलाई स्वागत गर्दै केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए । उनले सबैलाई उपनिर्वाचनको परिणामबाट निराश र अलमलमा नपर्न पनि बताए ।
उनले असार २७ गतेदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्ने भन्दै केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने बताए । महामन्त्री शर्माले दशैं अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको पनि बताए ।