काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सरदार प्रितम सिंहले राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका छन् ।
सिंहले प्रचण्डसँग आफ्नो राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको पनि बताए । प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो सिंहले भने ।
प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा सिंहले आश्चर्य प्रकट गरेका छन् । उनले भने जुन बेला मैले भेटेर कुरा गरेको थिए त्यो बेला हाम्रा गाडीहरू जलाइएका थिए । सिंहले भने, प्रचण्ड ले मलाई यस्तो दुःखको समयमा मेरो छोरीलाई सहयोग गर्नुभयो त्यस हिसाबले मेरो उहाँसँग पारिवारिक सम्बन्ध बाहेक अरू केही छैन । मैले ५ वर्षपछि मात्र उहाँलाई भेटेको हुँ सिंहले भने ।