अमेरिका । फेसबुकको माउ कम्पनी ‘मेटा’ले बुधबार ट्विटरको विकल्पका लागि भन्दै सार्वजनिक गरेको ‘थ्रेड्स’मा बिहीबर साँझसम्म तीन करोड प्रयोगकर्ता जोडिएका छन् । ‘थ्रेड्स’ सार्वजनिक भएको पहिलो दुई घण्टामै २० लाख, चार घण्टामा ५० लाख हुँदै सात घण्टामा एक करोड प्रयोगकर्ता जोडिएका थिए ।
‘इन्स्टाग्राम’ खातामार्फत नै ‘थ्रेड्स’मा जोडिनसक्ने भएकाले पनि प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि भएको हो । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले ‘थ्रेड्स’लाई ट्विटरको प्रतिस्पर्धीको रुपमा ल्याएका हुन् । एप सार्वजनिक भएलगत्तै ‘थ्रेड्स’ले ट्विटरलाई चुनौती दिनसक्ने संकेत गरेको छ ।