काठमाडौं । प्रधानमन्त्रीले भारतलाई विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
एमाले अध्यक्ष ओलीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा भारतले नेपालमा सरकार बनाउँछु नभनेको बताए । उनले अघि भने, ‘त्यो भन्नु सार्वभौमसत्ता विपरीत हुन्छ, यो कुरा भारतलाई पनि थाहा छ ।’
उनले भने, ‘यसमा भारतलाई मुछ्नुपर्ने केही छैन । भारतले केही भनेकै छैन ।’ तर नेपालका प्रधानमन्त्रीले ‘नेपालको सार्वभौमसत्ता नेपालमा छैन, नेपालको सांसदहरुले सरकार बनाउने होइन, धेरै पटक मलाई बनाउन पनि मान्छे दिल्ली कुदेका थिए’ भनेर राष्ट्रियतामाथि मजाक उडाइरहेको ओलीले बताए ।