काठमाडौं । मोरंग सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई २ लाख रुपैंया घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेको छ ।

उनले नगरपालिका कार्यालयको विभिन्न मर्मत संभार कार्यको भुक्तानी प्रयोजनका लागि भनेर घुस लिएको अवस्थामा अख्तियारका टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । अदुअआ ईटहरी कार्यालयको टोलीद्वारा ढकाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जानकारी गराएको छ ।