काठमाडौँ । गायक रबिन तामाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे । आइतबार कलाकार रबिन तामाङको अन्त्येष्टि गरिँदै छ ।
आइतबार बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा गायक रबिन तामाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न राखिएको थियो । अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । तामाङको गत मंगलबार निधन भएको थियो।