काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक २८ दशमलव ३८ अंकले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३५ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ५१ बिन्दुमा कायम रहन सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८७ वटा कम्पनीह्रुको ७३ हजार चार सय ४६ पटक सेयर किनबेच भएको छ । जसबाट आज कुल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौं सय ६१ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, फाईनान्स सहितका १३ वटै उपसमुमहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।