अमेरिका । मेक्सिकोको दक्षिणी किनारमा रहेको एउटा महत्वपूर्ण तेल उत्पादन प्लेटफर्ममा घातक आगलागी भएको छ । आगलागीबाट करिब सात लाख ब्यारेल कच्चा तेल नोक्सानी भएको मेक्सिकोको तेल कम्पनी पेमेक्सले जनाएकोे छ ।
तेल उत्पादक कम्पनी पेमेक्सका प्रमुख कार्यकारी अधिकृत अक्टोभियो रोमेरोले शनिबार यसबारे पुष्टि गरेका छन् । घटनाका कारण दुई जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता छन् ।
कम्पनीको क्यानटारेल फिल्डको नोहेच–ए लिंक प्लेटफर्ममा शुक्रबार बिहान सुरु भएको आगलागीपछि कम्प्रेसन कम्प्लेक्समा पुगेर दुई जनाको मृत्यु भएको थियो । आगलागीपछि कम्पनीले त्यहाँ रहेका तेलका सबै कुवाहरू बन्द गरेको छ ।
पेमेक्सले शनिबार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आएको जनाएको छ । रोमेरोले शनिबार दिउँसोसम्म आगलागीबाट हराएको छ लाख ब्यारेल तेल पुनस्र्थापना गर्न सफल भएको पनि बताए । यस तेल खानीबाट दैनिक एक लाख ७० हजार ब्यारेल कच्चातेल उत्पादन हुँदै आएको थियो ।