काठमाडौं । मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । सोमबार बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए । प्रधानमन्त्रीले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताएका थिए । प्रतिनिधिसभाको बैठक सोमबार तीन बजेका लागि बोलाइएको थियो ।
शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती थियो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ । सोमबारको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ ।