काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा जोशी हाइड्रोपावरका तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् । काठमाडौंमा रजिस्टार्ड कार्यालय रहेको यस हाइडोपावर डेभलपमेन्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक कित्ता सेयरको शून्य दशमलव ६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।