काठमाडौँ । सिआईबीले थप दुई जना योगराज पौडेल र नारायणदास मिश्रलाई बालुवाटरस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतका अनुसार योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन् भने नारायणदास मिश्र पूर्व खरिदार रहेको उनले बताए ।