काठमाडौं । अरुण काबेली पावर लिमिटेडले एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ८५ लाख ५२ हजार एक सय पाँच कित्ता हकप्रद सेयर निष्काशनको गर्नका लागि अनुमति दिएको हो ।