काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार बजार परिसुचक १२ दशमलव ६२ अंकले ओरालो लागेर दुई हजार ८४ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९० अंकले ओरालो लागेर तीन सय ९१ दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९६ वटा कम्पनीहरुको ५७ हजार छ सय ४५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट ९३ लाख ८२ हजार चार सय ४० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, होटल तथा पर्यटन र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।