काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेका छन् । एक दिने भ्रमणमा आएका मन्त्री लुले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।
उनले शुक्रबारनै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्ने र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने कार्यक्रम रहेको दुताबासले जनाएको छ । यसअघि लु एमसिसी परियोजना संसदबाट पारित हुने क्रममा नेपाल आएका थिए।
उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।