न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको प्रथम नेपाली मुलका उम्मेद्वार सोमनाथ घिमिरे निर्विरोध निर्वाचित भएका छन्।
घिमिरे गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष एंव नेपालको जिल्ला मोरङ, विराटनगरमा जन्मभै विगत २७ बर्षदेखीअमेरीकाको न्युयोर्कलाई कर्मथलो बनाई विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीतिमा दुई दशक देखी राजनीतिककार्यहरूमा सकृय भुमीका निर्वाह गर्दै आएका थिए ।
उनी विशेष गरी कोरोना कहरको समयमा फाउन्डेशन टीमको सकृय साथ र सहकार्यसँगै विभिन्न मानवीय सहयोगमा अहोरात्र खटीईरहेका थिए। क्विन्स क्षेत्रलाई केन्द्रमा राखी उनले राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतिय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको कार्यकर्ता भएर अहोरात्र खटिएका थिए, भने राष्ट्रिय (संघीय), राज्य र स्थानीय तहमा धेरैडेमोक्रेटिक अभियानहरूमा स्वयंसेवक रहेका थिए।
न्युयोर्कका संघीय मेम्बरहरु, मेयर, काउन्टी प्रमुख एवं सीटी काउन्सिल मेम्बरहरु, ऐसेम्ब्ली मेम्बरहरु र पार्टीको उच्च कमान्डको प्रत्यक्ष साथ सहयोग एवं निर्देशनमा रही सामाजिक कार्यमा खटीईरहेका थिए। उनी साउथ ऐसियन फरअमेरिका न्युयोर्क राज्यको राज्य निर्देशक हुन,भने ऐलायन्स फर साउथ ऐसियन अमेरिकन लेबरको राष्ट्रीय उपाध्यक्ष रहेका छन्।
उनले डेमोक्र्याटिक पार्टी एवं समाजलाई पुर्याउनुभएको भुमीकाको उच्च मुल्याकंन गर्दै डिस्ट्रिक्ट ३० को जुडियियल डेलीगेट्सको उम्मेदवारीमा निर्विरोध छनौट हुनु नेपाली मुलका अमेरीकीहरूको लागी समेत गौरवको विषय बनेको छ।
जिपी कोईराला फाउन्डेशनकी केन्द्रीय संस्थापक अध्यक्ष सुजता कोईराला एवं अमेरिका च्याप्टर परीवारले सोमनाथ घिमिरेको भुमीकाप्रती उच्च मुल्याकंन गरी डेमोक्र्याटिक पार्टीले निर्विरोध निर्वाचित गरेकोमा डेमोक्र्याटिक पार्टीप्रती हार्दिक धन्यवाद र बधाई ज्ञापन गरेका छन् ।