काठमाडौं । शुक्रबार दिउँसो आस्थाको धरोहरसँग जोडिएका एक जना व्यवसायीको तारन्तार फोन आइरह्यो, दाइ एउटा कफी खाऔँ भनेर । मैले हुन्न आज भ्याउन्न भन्न सकिनँ । किनकि आर्थिक वर्षको अन्त्यमा क्लोजिङको चटारो मैले उनलाई बुझाउनुपर्ने विषय थिएन । उनी सफल व्यवसायी । मैले साँझतिर खाऔँला नि भनेर फोन राखेँ । उनले फोन दोहो¥याए, अहिल्यै खाऔँ दरबारमार्गमा खाऔँ भनेर ढिपी कसे । उनले नबोल्दै मैले उनको मनको कुरो बुझेँ । म कफी खान तयार छु, अहिल्यै आउँछु तर अर्को तेस्रो व्यक्ति राखेर म कफी खान आउँदिनँ भनेर मैले जवाफ फर्काएँ । ‘होइन तपाईँले कुरो बुझिसक्नु भो ?’, उनले मलाई प्रश्न गरे । मैले भनेँ, ‘बुझेँ ।’ मैले ती व्यापारीलाई पैसावालाभन्दा पनि आस्थासँग जोडेर हेर्नेगरेको छु । मेरै कुरामा सहमति भएपछि हामी केही समयपछि भेट्यौँ र ग्रीन टी खाएर छुट्यौँ । भेट्नेबित्तिकै उनले कुरो उठाए विवादास्पद छविको कथित व्यवसायी रूपेश पाण्डेको ।
आर्थिक दैनिकको शुक्रबारकै अंकमा पनि पाण्डेसम्बन्धी समाचार छापिएको थियो । त्यसअघि पनि उनका बारेमा समाचार छापिएका छन् । समाचार छापिएपछि कहिले युपी लामिछानेको फोन आएको छ त कहिले देवेन्द्र पाठकको । पाठक र छायाचन्द्रले त फोन मात्रै गरेनन्, भेटेरै समाचार रोक्न समेत भने । मैले सोधेँ, ‘पाण्डेको धन्दामा तिम्रो पनि साझेदारी छ ?’ उनीहरूले त्यस्तो त स्वीकारेनन् । त्यसमा पनि पाठकको जोडबल धेरै पछिसम्म रहिरह्यो । यताउता कतैबाट जोर नचलेपछि पाण्डेले ती व्यवसायीलाई गुहारेका रहेछन् । त्यही कारण उनले मलाई शुक्रबार तारन्तार फोन गरेका रहेछन् । भेटेपछि उनले रूपेश पाण्डेको अरण्यरोदन सुनाए । मैले आफ्नो कुरा सुनाएँ । २०७६ साल भदौ २५ गते गोरखाको ‘माइलो’ भनेर चिनिने वेदप्रसाद काप्रीले गैरीधारामा बाटो छेकेर ममाथि सांघातिक आक्रमणको प्रयास गरेका थिए । माइलो देखिने ठोस पेसा, व्यसाय र अफिस नभएको मानिस हो । कपाल खौरिएर हिँडेपछि सहरको डन भइहाल्ने भ्रम फिँजाएर बाँचेको माइलो जता पुग्यो त्यही अफिस र जे पायो त्यही व्यवसाय भएको व्याक्ति हो ।
एउटा बैंकको सीईओलाई रिझाएर गुजारा चलाएको माइलो त्यसताका रोयल क्यासिनो कब्जा गरेर चलाउने गिरोहको एक सदस्य बनेको थियो र त्यहीसम्बन्धी समाचार किन लेखिस् भनेर ममाथि सांघातिक आक्रमणको दुष्प्रयास गरेको थियो । भोलिपल्टै नेपाल पत्रकार महासंघले उक्त घटनाको घोर भत्र्सना गरेर पत्रकारको सुरक्षा र ज्यान मार्ने धम्की दिने माइलोलाई कारबाहीको दायरामा ल्याउन माग गरेपछि माइलो भाग्दै र छल्दै आएको छ । केही समयअघि प्रभु बंैकको सीईओ अशोक शेरचनको कार्यकक्षमा संयोगवश रूपेश पाण्डेको भेट र परिचय भयो । परिचय हुनेबित्तिकै पाण्डेले गुन नदेख्ने मानिस हुनुहुँदोरहेछ मलाई किन चिन्नु हुन्थ्यो त भनेर ‘डाइलग’ हाने । मैले वास्तवमै चिनेको थिइनँ । मैले सोधेँ, ‘मैले नै थाहा नपाउने गरी के गुन लगाउनुभयो त ?’ उनले भने, ‘जतिबेला माइलोले आक्रमण गर्न खोजेको थियो, ज्योति पाण्डे र मैले माइलालाई सम्झाएर रोकेको नत्र उतिबेलै माथ्र्याे ।’ मैले भनेँ, ‘ओहो ! मेरो जिन्दगी त तपाईँको निगाहको जिन्दगी पो रहेछ, यस्तो ऋणको भारी बोकेर म बाँच्न हुँदैन, म भेरिफाइ गर्छु, कुरो सत्य रहेछ भने त्यसको गुन तिरौँला, होइन भने त चुनौती नै ठान्नु प¥यो नि !’ त्यो संयोगको भेट त्यति राम्रो भएन ।
मेरो त्यस्तो जवाफ सुनेपछि उनले दारा किटेको म अहिले पनि झल्झल्ती सम्झन्छु । तर, मैले पनि सहयोग नै गरेको छु । लोकमानको पालामा राजस्व अनुसन्धान विभागले जय अम्बे साडी सोरुम इन्द्र चोकमा छापा मार्दा तपाईँले छापा मार्न जाने प्रहरीलाई शैलेन्द्र खनालमार्फत जुत्ता नखोली अर्काका सोरुममा किन पसिस् भनेर कारबाही गर्न लगाउनुभो, ती सबै कुरा थाहा हुँदाहुँदै पनि जसरी लाग्नुपथ्र्यो, त्यति गरिएन, यो पनि त सहयोग नै हो नि भनेपछि उनी झन् मुरमुरिए । त्यसपछि म आफैँ लज्जित भएर निस्किएको थिएँ ।
त्यसपछि म ज्योतिलाई भेट्न पुगेँ । यी कुरा भनेँ, ‘के तपाईँ र रूपेश पाण्डेले मलाई माइलोबाट बचाएको हो ?’ ज्योतिले होइन दाइ, यो सबै फटाहा कुरा हो, मसँग कुरै भएको छैन भनेपछि मलाई लाग्यो माइलोभन्दा रूपेश पाण्डे जेठो रहेछ । यसको आरती उतार्नु पर्दछ भनेर सोची बिचारीकन पाइला चालिरहेको हो । कसैले भन्दैमा समाचार लेख्ने र कसैले भन्दैमा समाचार रोक्ने कुरा हुँदैन । समाजमा यस्ता ठेकेदार जताततै भेटिन्छन् । माइलोलाई भनेर मलाई मार्न रोकाउने रूपेश पाण्डे आक्रमण गर्न पठाउने पनि होइन भनेर अब किटानी गर्न सकिने ठाउँ भएन, माइलो र रूपेश पाण्डेको धेरै कुरा मिल्छन् । यी दुवै जता पुग्यो त्यही अफिस, जे भेटियो त्यही पेसा अपनाउने व्याक्ति हुन् । यताका माल उता, उताका माल यता गर्न पाए त्यही गर्छन् । मिटरब्याज लगाउन पाए त्यही गर्छन् । यिनका लागि एउटा निश्चित पेसा र व्यवसाय रहेन एउटा पत्रकारलाई मार्ने र मराउनेसम्मको संगठित योजना बनाउन सक्ने रूपेश पाण्डे माइलोभन्दा जेठो रहेछ ।
पाण्डेको धन्दा कसैबाट छिपेको छैन । अहिले पावरमा नभएपछि शैलेन्द्र उसका लागि भाइमारा होस् वा बोहोरालाई... जेसुकै होस्, उसका लागि ज्योति कस्तो–कस्तो होस् वा शेरचन जेसुकै होस्, तर रूपेश पाण्डे ती व्याक्तिसँग तुलना गर्न मिल्ने नाम होइन । भला, उसको सीआईबीमा सेटिङ होस् वा राष्ट्र बैंकमा सेटिङ नै किन नहोस् ? अथवा ऊ राजस्व अनुसन्धान विभागको सुराकी नै किन नहोस् ? उसले धारेहात लगाउँदैमा उनीहरूको सत्यानाश हुने होइन, त्यस्ता फत्तुर फुँदा गाँसेर ज्यान मार्ने धम्की दिने अपराधबाट उन्मुक्ति पाउन मुस्किलै पर्ला ! ग्रीनलाइन किन बन्द भयो भन्ने कुरा उत्तम सुवेदीलाई पनि थाहा होला, ठूला–ठूला कुरा गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि, माइलोभन्दा जेठो रूपेश पाण्डेलाई नचिन्ने पनि अब कमै होलान् । नचिनेको भए छेपारो प्रवृत्तिको पाण्डेलाई समयक्रमले चिनाउँदै लैजानेछ ।