काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा रहेको सरस्वती माविलाई एभरेस्ट बैंकले सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले एक लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो ।
शुक्रबार एक समारोहका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकमबाट विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । साथै, विद्यालयका सहायक प्रधानाध्यापक सापकोटाले यो सहयोगले विद्यालयमा खानेपानीको समस्या समाधानमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र सामाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।