काठमाडौं । प्रभ क्यापिटल लिमिटेडले दुई नयाँ योजना सञ्चालनमा ल्याएको छ । मर्चेन्ट बैंकरको रूपमा काम गर्दै आएको क्यापिटलले आफ्ना सेवाग्राहीका लागि सेवासँगै लोयालिटी प्वाइन्ट अफरका साथै रिफरेल योजना सार्वजनिक गरेको हो ।
ग्राहकको लागि विशेष लोयल्टी प्वाइन्ट्स अफर ल्याएको कम्पनीले जनाएको छ । लोयल्टी पोइन्ट्स र रिफरलको अफर क्यापिटलले साउन एक गते सोमबार सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरेर तथा प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।
सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सक्ने छन् भने सेवाग्राहीले पोइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आबद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले नेपाली पुँजीबजारको क्षेत्रमा सदैव नयाँ–नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।