काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ९९ करोड रुपैयाँमध्येबाट शत प्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
हकप्रद सेयर निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन एवम् बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।