काठमाडौं । अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा पनि बिक्री सुरु भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादन सार्वजनिक गरेका हुन् ।
नेपालका लागि आधिकारिक बिक्रेता ट्रु ड्रमा एसए प्रालिले ती उत्पादनहरू मंगलबारदेखि नै देशभर नै बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । ट्रु ड्रमाका विभिन्न उत्पादनहरू बिक्री गर्दै आएको कम्पनीले नै ‘ट्रु–मी’का उत्पादन समेत बिक्री वितरण सुरु गरेको हो ।
कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का का उत्पादनलाई बितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरूप बिक्री सुरू गरेको बताए । बजारमा सकारात्मक प्रतिक्रिया पाएकाले आफूहरू बजार विस्तारका लागि थप उत्साहित भएको उनले बताए । अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएकै कारण उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृतरूपमा सकारात्मक पाएको उनको दाबी छ ।
कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का विभिन्न उत्पादनसमेत गुणस्तरीय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन् । ट्रमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुस्का वैद्य श्रेष्ठले क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रु–मीका उत्पादन विश्वसनीय रहेको बताइन् । कम्पनीका अनुसार नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ‘ट्रु–मी’का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।