काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन झण्डै १० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ११ दशमलव १७ अंकले उकालो लागेर २१ सय ६५ दशमलव २४ बिन्दुमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३३ अंकले उकालो लागेर चार सय १० दशमलव ४६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ६० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५१ हजार चार सय ४५ पटकको कारोबारमा ८६ लाख ७४ हजार एक सय नौं कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौं सय रुपैंयाँ पुगेको छ
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, उत्पादनमुलक, सामुहिक लगानी कोष र टे«डिङ उपसमुहको सुचक बढेका छन् । यि बाहेक फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।