काठमाडौं, वैशाख १५
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम अब फोन–पेमार्फत गर्न सकिने भएको छ । ग्राहकहरूको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरू ल्याउने क्रममा कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरूले सहजरूपमा विनाझन्झट घर बसेरै अनलाइन एपमार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन–पेको शुभारम्भ गरेको हो ।
अनलाइन पेमेन्ट सिस्टमको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरूको मोबाइल बैंकिङ एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहजरूपमा भुक्तानी गर्न सक्नेछन् । कम्पनीले सदैव आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजनाअनुसार अघि पनि ई–सेवा तथा डिजिटल बैंकिङमार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो ।
फोन–पे एपले बीमा शुल्क तिर्न थप विकल्प हुनुका साथै अझै थप सहजता प्रधान गरेको कम्पनीले जानकारी दिएको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले १० करोड तीन लाख ४२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड एक लाख ७६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ३५ लाख ४२ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा चार करोड नौ लाख ९५ हजार रूपैयाँ रहेको थियो ।