काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । यसअघि लगातार उकालो लागेको बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार एक दशमलव ३१ अंकले ओरालो लागेर २१ सय ६३ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य पाँच अंकले उकालो लागेर चार सय १० दशमलव ५२ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ६४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५४ हजार नौं सय ५४ पटकको कारोबारमा ८४ लाख २४ हजार एक सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख ज्ञ० हजार छ सय ५९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर किनबेच भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, उत्पादनमुल र ट्रेडिङ समुहको सुचक बढेर फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा लगायतका आठ वटा उपसमुहहरुको सुचक घटेका छन् ।