काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई धनुषाका विभिन्न संघसंस्थामा विशेष छुट मिल्ने भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकले संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकले जनकपुरधाममा अवस्थित होटल राजदरबार एन्ड नवरङ्ग रिसोर्ट, होटल वेलकम, होटल सीताशरण, सीताशरण होटल एन्ड प्लाजा, लिटिल मोर रेस्टुरेन्ट एन्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनिक एन्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिज एन्ड थाइरोइड केयरका सेवामा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४६ वटा एटीएम, तीनवटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएका छन् ।