काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले साना तथा मझौला उद्यम व्यवसाय (एसएमइज) मा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघले अमेरिकाको न्युयोर्कमा बिहीबार आयोजना गरेको उच्चस्तरीय राजनीतिक फोरममा उनले ‘एसएमइज’ मा लगानी गर्नु वित्तीय कारोबार गर्नु मात्रै नभएको बताए ।
नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्युरो (एलडीसी)का अध्यक्षसमेत रहेका श्रेष्ठले एसएमइजमा लगानी गर्नु भनेको अतिकम विकसित मुलुकका लाखौँ व्यक्ति र परिवारको क्षमता विकासका लागि लगानी भएको हुने उल्लेख गरे । उच्चस्तरीय फोरममा नेपालको नेतृत्वको गर्दै अमेरिका पुगेका उपाध्यक्षले विभिन्न तीनवटा सत्रमा नेपालको तर्फबाट सम्बोधन गरेका थिए ।