काठमाडौं । बढुवाका लागि नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई प्रहरी निरिक्षक इन्सपेक्टर पदमा सिफारिसमा परेका छन् ।

साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची प्रहरी प्रधान कार्यालय नक्शालले सार्वजनिक गरेको हो । बढुवा सिफारिसमा परेका मध्ये पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे छन् ।