काठमाडौं । कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हरेस खान नहुने बताएका छन् ।

कीर्तिपुरमा आयोजित पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस कार्यक्रममा बोल्दै नेपालले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए । कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने र जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने उनले बताए ।