काठमाडौं । एनसेल आजियाटा लिमिटेडले अन नेट र अफ नेट दुवैमा सेवा लिन सकिने कम्बो प्याक ल्याएको छ । एनसेल र गैर एनसेल नम्बरमा कल गर्दासमेत प्रयोग हुने कम्बो प्याकको अवधि २८ दिनको रहेको एनसेलले जनाएको छ ।
यो प्याकमा ग्राहकले अनलिमिटेड भ्वाइस कल, प्रत्येक दिन दुई जीबी डेटा र चार सयवटा अल नेट एसएमएस सेवा करसहित नौ सय ९८ रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । यसका लागि एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स३ह्यास डायल गरी प्याक सुरु गर्न सकिने बताइएको छ । त्यसैगरी अन नेट अर्थात् एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ ।
सो योजनाअन्तर्गत् प्रतिदिन एक जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित जम्मा सात सय ९८ रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । यो प्याकका लागि एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी सेवा सुरु गर्न सकिने कम्पनीले जनाएको छ । अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने एनसेलको विश्वास छ ।