काठमाडौं । टीभीएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ । ४० राइडरहरूको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको थियो ।
युवाहरूको बाइकिङप्रतिको प्रेमलाई एकै छानोमुनि ल्याउनुका साथै राइडरबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागि परेको कम्पनीले जनाएको छ । राइडसँगै सामाजिक कार्यहरूमा पनि सहयोग पु-याउदै आएको एओजीले यसपटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुबासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण गरेको जनाएको छ ।
पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरू सम्पन्न गरिसकेको कम्पनीको भनाइ छ । बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा सहभागीहरूले आगामी दिनमा वृद्धाश्रमलाई आ–आफ्नो क्षमताअनुसारको सहयोग गर्ने संकल्पसमेत गरेका थिए । त्यहाँबाट खर्क रिसोर्ट पुगेर अन्य मनोरन्जनात्मक खेल र कार्यक्रमहरू गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको कम्पनीले जनाएको छ ।