काठमाडौँ । मंगलबार तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन स्वदेश फर्किएका छन् । नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेका थिए । आइतबारै नेता युयान च्याच्युनले इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चूअल मार्फत संवाद गरेका थिए ।
आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेका थिए । साथै मंगलबार प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनीहरु स्वदेश फर्किएका हुन् ।