काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट (बीपीए) अवार्ड २०२२ बाट सम्मानित भएको छ । बैंकले बैंकिङ क्षेत्रतर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१÷२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारदर्शिता, विषयवस्तु, सुशासनलगायतका कुरालाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय तीन एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।